कास्की प्रहरीमा सबै भन्दा बढी सहायक हवल्दार कारवाहीमा

पाेखरा | माघ ९, २०८०

कास्की प्रहरीमा सबै भन्दा बढी सहायक हवल्दार कारवाहीमा

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति वितरणमा यस कार्यालयमा कार्यरत प्रहरीलाई कारवाही गरेको देखि विभिन्न सफल अनुसन्धानमा समेटिएको छ । 


जिल्ला प्रहरी कार्यालय कास्कीले कात्तिकदेखि पुष मसान्तसम्म ५ जना सहायक हवल्दारसहित ८ जना प्रहरी कारवाहीमा परेको डिएसपी एवम् कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । 


उनका अनुसार कास्की प्रहरीमा कार्यरत खराव आचारण व्यवहारका कारण ५ जना प्रहरी सहायक हवल्दार, १ जना प्रहरी हवल्दार, १ जना प्रहरी सहायक निरीक्षक  र एकजना प्रहरी निरीक्षकलाई कारवाही गरिएको हो । यस्तै कास्की प्रहरीले एकजना प्रहरी नायव उपरिक्षकलाई पुरस्कृत समेत गरेको छ । 


कास्की प्रहरीले बल प्रयोगको सिद्धान्त तथा हातहतियार प्रयोग सम्बन्धी ३५ जना प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । भने, भिड नियन्त्रण विशेष घुम्ति अनुशिक्षण तालिम समेत दिएको छ । 
कास्की प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत २ सय ३४ वटा विभिन्न सचेतना मूलक कार्यक्रमसेत सञ्चालन गरेको छ । 


ट्राफिक जनचेतना जगाउन कास्की प्रहरीले सर्वसाधारणदेखि सवारी चालक तथा व्यवसायीहरुलाई विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । 


जसमा कास्की प्रहरीले ५० जना विद्यार्थीहरु, ७३ हजार सवारी चालक तथा व्यवसायीहरु, ४ हजार ८ सय ५५ जना सर्वसाधारण नागरिक र २१ हजार ६सय ७७ जना यात्रु तथा चालकहरुलाई ट्राफिक जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ । 
 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्